नेपाल-खनाल पक्षद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा
खबर एक्सप्रेस
२०७७-१२-२४ ०१:४५ मा प्रकाशित
Total Shares: 379
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।
वागमती प्रदेशको स्थायी कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । यस्तै, सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।
यस पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला, काठमाडौँ र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस