तिब्बत र लुसान सहरबाट थप स्वास्थ्य सामग्री नेपाल आइपुग्दै
काठमाडौं - कोभिड-१९ महामारीविरुद्ध नेपाललाई चीनको तिब्बतबाट थप स्वास्थ्य सहायता नेपाल आउने भएको छ । ल्हासास्थित महावाणिज्य दूतावासको पहलमा जरुरी स्वास्थ्य सामग्री नेपाल आउने लागेकाे हाे ।
महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बत सरकारबाट नेपाललाई थप ५० थान अक्सिजन कन्सनट्रेटर र लुसान सहरबाट लुम्बिनी विकास कोषलाई थप १० थान अक्सिजन कन्सनट्रेटर प्राप्त भएको छ । ती सामग्रीहरु ल्हासाबाट तातोपानीको तर्फबाट हिँडिसकेको ढकालले जानकारी दिए । तिब्बत र लुसान सहरबाट प्राप्त ती स्वास्थ्य सामग्रीलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बुझ्ने भएका छन् ।
साथै, नेपाल-चीन तिब्बतियन औद्योगिक पार्कले झापाको दमकको लागि केही चिकित्सा सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको र यसका लागि समन्वय भैरहेको जनाइएको छ । केरुङबाट सामग्री ढुवानी लिएर नेपाल आउने ट्रकको संख्या बढाउन पहल भैरहेको समेत महावाणिज्य दूतावासले जनाएको छ ।
उक्त ढुवानीका मेडिकल सामग्रीलाई प्राथमिकता दिन समन्वय गरिएको ढकालले जनाए । तिब्बतले यसअघि पनि नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस