काठमाडौं - सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज पनि बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सत्ता पक्ष र विपक्षबीच लामो छलफलपछि छानबिन गर्न समिति बनाउन सहमत भएर समितिको क्षेत्राधिकार टुंगो लगाउन लागिएको छ । यद्धपि विभिन्न चरणमा छलफल हुँदा पनि कार्यदेशमा सहमति हुन सकेको छैन ।

शुक्रबार पनि बालुवाटारमा प्रमुख प्रतिपक्ष दलसहित शीर्ष नेताको बैठक बसेको थियो । उनीहरुबीच भएको छलफलपश्चात आज दिउँसो ३ बजे पुनः कार्यदलको बैठक बोलाइएको बताइएको छ ।

मूलत स् कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। सत्तापक्षले ‘व्यक्ति केन्द्रित’ छानबिन समिति बन्न नसक्ने अडान राखेको छ । छानबिन समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ ।