काठमाडौंं - स्वारा  भास्कर फिल्मका कारणभन्दा ज्यादा सामाजिक सञ्जालमा अभिव्यक्त गर्ने धारणाका कारण चर्चामा आउँछिन् । स्वारा हरेक इस्युमा बोल्न छुटाउँदिनन् ।

उनको अभिव्यक्ति आएपछि उनलाई ट्रोल बनाउनेको जमात पनि ठूलै छ । विदेश यात्राबाट हालै भारत फर्किएकी स्वाराले ट्विटरमा ‘तबरेज आलम मब लिचिङ काण्ड’ माथि ट्विट गरिन् । 

ट्विटका कारण उनले तनाब पनि झेल्नुपर्‍यो । स्वाराले ट्विटर एकाउन्टमाथि आइपिएस अधिकारीले कमेन्ट गर्दै लेखे, ‘स्वारा भास्कर, तपाईंले फेरि सावित गर्नुभयो कि तपाईं हरेक मुद्दालाई आफ्नो सजिलो माध्यमबाट चुन्नुहुन्छ ।’ जवाफमा स्वाराले लेखिन्, ‘सर, म अभिनेत्री हुँ, कुनै विषयमाथि सेलेक्टिभ हुनु र नहुनुले कसैलाई नोक्सान पुर्‍याउँदैन । तपाईं आइपिएस अधिकारी हुनुहुन्छ, तपाईं सेलेक्टिभ हुनुभएन भने देशलाई नोक्सान हुन सक्छ र देश अन्धकारतर्फ जान सक्छ ।’ 

स्वाराले अगाडिको ट्विटमा लेखेकी थिइन्, ‘मलाई ट्रोल बनाउनुभन्दा भगवान्का लागि आफ्नो काम गर्नुस् । कमसेकम त्यो संविधानका लागि त उभिनुस्, जसको तपाईंले शपथ लिनुभएको थियो ।’