एजेन्सी - साउदी अरब सरकारले बच्चाहरुको अपराधका लागि दिने मृत्युदण्डको सजायमा रोक लगाएको छ ।

साउदी राजा सलमानले बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा हस्ताक्षर गर्दै रोक लगाएका हुन् । संयुक्त राष्ट्रका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिन नहुने व्यवस्था छ ।

मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।

मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइएको थियो । दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।