काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले ०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचनअगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए ।
केन्द्रीय सदस्य डा। कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एक भएर जाने विश्वास सो अवसरमा व्यक्त गरे ।

.gif)


