काठमाडौं - केन्द्रीय सरकार र स्थानीय तहको लापरवाहीका कारण लोकसेवा आयोगबाट सिफारिस भएका एक सयजना अधिकृत अलपत्र परेका छन् ।  उनीहरूले तलबसमेत पाएका छैनन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अधिकृत माग गरेर पठाएको स्थानीय तहको गम्भीर लापरवाही र त्रुटिका कारण उनीहरू जिम्मेवारी र पदविहीन अवस्थामा पुगेका हुन् । 

लोकसेवामा माग गरिएको पदलाई मन्त्रालय र स्थानीय तहले सुरक्षित राख्नुपर्नेमा त्यसअगावै अन्य कर्मचारीलाई समायोजन गरिँदा समस्या आएको हो ।

 राजधानी दैनिकबाट