काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कोरोना भाइरस रोकथामको लागि चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले बुधवार अख्तियारमा उजुरी दिएका हुन् ।

बजार दरभन्दा धेरै महँगो र आफू निकट व्यापारीलाई सेटिङ मिलाएको मेडिकलबाट सामग्री खरिद गरी अनियमितता भएको देखिएको तथा सर्बत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको जनाइएको छ ।