काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गरी निष्कर्षमा पुग्न ढिलासुस्ती गरेको पाइएको छ ।

भ्रष्टाचारका यस्ता ठूला प्रकरणमा ढिलासुस्ती हुँदा भ्रष्टाचारविरुद्धका केही निकायले असन्तुष्टि जनाएका छन् ।दुईवटा वाइडबडी जहाज खरिद गर्दा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको धेरै समय भइसकेको छ । 

सार्वजनिक लेखा समितिले सो प्रकरणमा ४ अर्ब ३५ करोड रुपिया“ भ्रष्टाचार भएको उल्लेख गर्दै प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदनलाई समितिले छानबिन गर्ने भन्दै अख्तियारमा समेत पत्र पठाएको थियो । 

पूर्व माओवादीको लडाकहरूलाई छुट्याइएका रकममा ४ अर्बभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गर्दै दर्ता गरिएको उजुरीको सम्बन्धमा अख्तियारले जनतालाई सन्तुष्टि हुने गरी छानबिन नगरको आरोप लाग्दै आएको छ । 

नेपाल समाचारपत्रबाट