नेपालमा थप २२ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-१२-१८ ०४:४५ मा प्रकाशित
Total Shares: 183
काठमाडौं - नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ५ सय १६ पिसिआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप ७५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना निको भएका छन् । हाल नेपालमा १ हजार २२ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस