केआईआईटीमा प्रकृतिको आत्महत्या प्रकरण : नेपाली विद्यार्थी नहुँदा परीक्षा सार्ने तयारी
काठमाडौं - भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सिर्जित परिस्थितिका कारण अधिकांश नेपाली विद्यार्थीहरुले कलेज छाडेका छन् ।
केआईआईटीकी नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणमा विद्यार्थीहरुले अन्दोलन चर्काएपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नेपाल फर्किन दाबाब मात्र दिएको थिएन, ज्यादती समेत गरेको थियो । यद्यपी आन्दोलनमा भारतीय विद्यार्थी समेत सहभागी थिए ।
सुरुमा नेपाली विद्यार्थीहरुलाई आ–आफ्नो सामानहरू समेत लिएर घर फर्किन उर्दी जारी गरेको विश्वविद्यालयले पछि भने सामान यतै राखेर आफू मात्रै स्वदेश फर्किन भन्दै नोटिस जारी गरेको थियो । यद्यपी चौतर्फी दबाबपछि विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन भन्दै अर्को अनुरोध गरेको थियो ।
नेपाली विद्यार्थीमाथि शिक्षालयभित्रै चरम ज्यादती गरेको विश्वविद्यालयले माफी समेत मागिसकेको छ । केआईआईटीमा १ हजार १६९ नेपाली विद्यार्थी पढ्दै आएकोमा अहिले १८२ जना विद्यार्थी मात्रै छन् । यद्यपि, उनीहरु पनि भर्खरै कलेज फर्किएको दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसामा खटिएका कन्सुलर सञ्जीव शर्मा दासका जनाएका छन् ।
घटनापछि विभिन्न ठाउँमा गएका विद्यार्थीहरुलाई कलेज प्रशासनले फर्काइदिन भनेर अभिभावकलाई समेत इमेल लेखेपछि उनीहरु फर्किएका हुन् । यद्यपि, एक विद्यार्थीका अनुसार, भारतमै रहेकाहरु फर्किइरहे पनि नेपालसम्म आएकाहरु अझै फर्किन तयार छैनन् । उनीहरुले निष्पक्ष छानबिन, कम्प्युटर साइन्सका निर्देशकमाथि अनुशासनको कारबाही लगायतका विभिन्न बुँदे माग राखेका छन् ।
नेपाली विद्यार्थीहरुको मनस्थिति बुझेपछि केआईआईटीले आगामी सेमेस्टरको परीक्षा पनि सार्ने भएको छ । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले प्रदेशसभामा बोल्दै आवश्यकताअनुसार परीक्षाको नयाँ मिति तोकिने भनेका छन् । उनले भनेका छन्–‘सरकारले नेपाली विद्यार्थीलाई भविष्यमा केआईआईटीबाट कुनै समस्या नहोस् भन्ने विषयलाई विशेष प्राथमिकता दिनेछ ।
केआईआईटीको गर्ल्स होस्टलको कोठामा गत आइतबार रुपन्देही स्थायी घर भएकी नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । कलेज प्रशासनले उनले आत्महत्या गरेको भन्दै यो प्रकरणलाई सामान्यीकरण गर्न खोजेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस