कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँयो
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 10
काठमाडौं,कञ्चनपुर-महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा पाँच जना घाइते भएका छन् ।
शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुनः निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस