निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ३६९ सहित ५५० जनाको नाम
खबर एक्सप्रेस
२०७९-०७-०८ ०६:३२ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस