काठमाडौं- काठमाडौंको बसन्तपुरमा क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।