काठमाडौं - कोरोना भाइरसको कारण प्रतिनिधिसभा बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ ।

बुधबार सूचना टाँसेर संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जनाएका हुन् ।

सरकारले देशभर अत्यावाश्यक सेवा वाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चेत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको सूचनामा जनाइएको छ ।