काठमाडौं - म्यानमारको एक विद्यालयमा सेनाको गोली चलाउँदा ६ जना बालबालिकाको मृत्यु भएको छ। सेनाले हेलिकप्टरबाट गोली चलाउँदा कम्तिमा ६ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

म्यानमारको सेनाको हेलिकप्टरले एक गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। सेनाको गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते केही बालबालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

म्यानमारमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ। विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ।