धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली
खबर एक्सप्रेस
२०७६-०७-०९ ११:०० मा प्रकाशित
Total Shares: 446
काठमाडौं - धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्(नार्क)ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो ।
भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस