काठमाडौं - विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् ।मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका छन् ।

काठमाडौं उपत्यकामा पेशाकर्मी, टे्रड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टुँडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन गरिने जनाइएको छ ।

प्रदर्शनीमा नेपाल टे्रड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले सहभागिता जनाउने बताइएको छ ।