काठमाडौं - नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अष्ट्रेलिया र चीन जाने भएका छन् । जहाज अप्रिल २ तारिखमा नेपालमा रहेका अष्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ ।

नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टड गरेको हो । यसअघि अप्रिल १ मा अस्ट्रेलियाको सिड्नी जाने तयारी रहे पनि त्यो स्थगित भएकाले ब्रिस्बेन जान लागेको निगमले जनाएको छ । 

यस्तै २ तारिखकै दिन निगमको अर्को वाइडबडी चीनको ग्वान्झाउ जाने भएको छ । नेपाली व्यवसायीले मेडिकल सामग्री लिन निगमको जहाज लैजान लागेका हुन् । त्यसपछि चीनकै ग्वान्झाउ र छेन्दु जाने तालिका रहेको पनि निगमले जनाएको छ ।