मनाङको नार्पाभूमी गाउँपालिकामा ५ दिनपछि खुल्यो हिउँले अवरुद्ध बाटो
काठमाडौं - मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिन लगाएर हटाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामाग्रीसहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बाटोमा जमेको हिउँ हटाएको हो ।
गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरु हिउँले पुरेर अवरुद्ध भएको थियो । सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो ।
बाटो अवरुद्ध भएपछि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनदेखि हिउँ पन्छाउने कार्यमा खटिएको थियो । फागुन ६ गतेबाट सुरु भएको हिउँ पन्छाउने काम आज सकिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस