काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक स्थगित गर्न दबाब दिएका छन् । 

आइतबार बिहान मुख्यमन्त्री राईले सभामखु प्रदीपकुमार भण्डारीलाई आजको बैठक रोक्न दबाब दिएका हुन् । उनले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर, सभामुख भण्डारीले भने बैठक स्थगित गर्न अस्वीकार गरेका छन् ।  बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदमका साथ संसद् विघटन गरेपपछि नेकपा दुई चिरामा विभाजन भएको छ । त्यसको प्रत्यक्ष असर प्रदेशमा पनि देखिएको छ ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ। त्यसकारण बैठकलाई रोक्न नेकपा ओली पक्षका सांसदले अवरोध गर्ने तयारी रहेको बुझिएको छ। 

यसअघि २५ माघमा पनि अविश्वास्को प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर ओली पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो।