एजेन्सी - कोरोनाको महामारी सार्क राष्ट्रहरुले मिलेर सामना गर्नुपर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सकरात्मक देखिएका छन् ।

सार्क राष्ट्रका प्रतिनिधिहरुबीच भिडियो कन्फरेन्स गरेर कोरोनाविरुद्ध साझा रणनीति बनाउने भारतीय प्रस्तावमा पाकिस्तान सकरात्मक देखिएको हो । यो बैठकबाट कोरोनाबाट मुक्ति पाउन सार्क राष्ट्रबीच साझा रणनीति तय गर्नेबारेमा छलफल हुनेछ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता आइशा फारुकीले ट्वीट गर्दै विश्वव्यापी र क्षेत्रीय स्तरमा पनि कोरोना भाइरससँग लड्नका लागि लिइने जस्तोसुकै जरुरी काममा पाकिस्तान पनि हिस्सेदार बन्ने स्पष्ट पारेका छन् । ‘हामीले हाम्रो स्वास्थ्य मन्त्रीसँग कुरा गरेका छौं । उनी पनि भिडियो कन्फरेन्समा सहभागी हुनेछन् र कोरोनासँग लड्ने उपायबारे छलफल गर्नेछन् ।’

सार्क राष्ट्रमा अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंका छन् । भारत र पाकिस्तानको विवादका कारण सार्कका गतिविधिहरु प्रभावित बन्दै आइरहेको छ ।

शुक्रबार मोदीले भनेका थिए, ‘हाम्रो ग्रह कोभिड-१९ कोरोना भाइरससँग जुधिरहेको छ । विभिन्न स्तरमा, सरकार र मानिसहरु यसको सामना गर्ने पूरा प्रयास गरिरहेका छन् । हामी संसारको अगाडि एउटा उदाहरण पेश गर्न सक्छौं र ग्रहलाई स्वस्थ राख्नका लागि योगदान गर्न सक्छौं ।’