काठमाडौं- काठमाडौबाट ओखलढुंगाको लागि छुटेको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान करिब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो ।दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जनाको घाईते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ ।  दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट १० जना गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ । यात्रुवाहक बसमा कति जना सवार थिए भने यकिन भइसकेको छैन ।