काठमाडौं - महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।

गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो ।

पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।

दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक लगाइएको छैन ।

आज बिहान ७ बजे महाकाली नदीमा एक लाख नौ हजार ६२० क्युसेक पानी रहेको बताइएको छ ।