कोरोनाको नयाँ भेरियन्ट लाम्बडा बेलायतमा पनि भेटिएको पुष्टि
काठमाडौं, एजेन्सी - विश्वभर कोरोनाका कारण अवस्था अस्तव्यस्त रहेको छ । कोरोनाका नयाँ भेरियन्ट डेल्टासँग जुधिरहेको विश्वले धेरै मानविय क्षति गरिसकेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाको नयाँ भेरियन्ट लाम्बडा भेटिएको पुष्टि भएको छ ।
यो कोरोनाको नयाँ भेरियन्ट हालसम्म ३० देशमा फैलिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले युकेमा कोरोनाको नयाँ भेरियन्ट लाम्बडा युकेमा भेटिएको पुष्टि गरेका छन् । डब्लुएचओले यो भेरियन्टलाई भेरिन्ट अफ इन्ट्रस्ट भनेर लेभल लगाएको छ । यो भेरियन्टबारे अझै धेरै कुरा बाहिर आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।
युकेको स्वास्थ्य मन्त्रालयले भनेको छ, 'बितेको चार हप्तामा यो भेरियन्ट ३० देशमा फैलिइसकेको छ । रिपोर्टका अनुसार यो भाइरस पहिलोपटक पेरुपमा फेला परेको हो । विज्ञहरुले चिन्ता व्यक्ति गर्दै भनेका छन् कि यो भेरियन्ट डेल्टा भेरिन्टभन्दा बढी संक्रामक हुनसक्छ । तर, यसको प्रष्ट कुनै प्रमाण छैन । भ्याक्सिनले यो भेरियन्टविरुद्ध काम गर्छ वा गर्दैन त्यो पनि पुष्टि भएको छैन ।'
त्यस्तै प्यान अमेरिकन हेल्थ संस्थाले यो भेरियन्ट लेटिन अमेरिकाका ८ देशमा फैलिएको पुष्टि गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस