सुनको मूल्य हालसम्मकै उच्च
खबर एक्सप्रेस
२०८१-१२-१४ ०१:४६ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० कायम भएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस