काठमाडौं - काठमाडौँमै आएर गुनासो गरेपछि कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको पिडा उपर काम कारबाही अगाडि बढाएको छ ।

सोमबार उद्योग र कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो । पत्राचार पाएसँगै गृहमन्त्रालयले बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिएको हो ।