काठमाडौं - मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। रोज होटलको छतबाट हारगुहार मागिरहेको उनीहरुलाई बुधबार बिहान सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

मंगलबार साँझ आएको बाढीले होटलको तल्लो तला डुबाएपछि उनीहरू होटलकै छतमा गएर बसेका थिए । 

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर परिचालन गरी उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए । सिन्धुपाल्चोकमा अहिलेसम्म ७ जनाको मृत्यु भैसकेको छ ।