कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
खबर एक्सप्रेस
२०८१-०८-१७ ०९:२९ मा प्रकाशित
Total Shares: 34
काठमाडौं-काठमाडौंको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।
राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।
भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको हो । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।
फेसबुक पेज Like गर्नुहोस