प्रिमियर लिग: युनाइटेडको जितमा रोनाल्डोको गोल
खबर एक्सप्रेस
२०७९-०१-२० ०७:४८ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।
युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १-१ गोल गरे ।
सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस