काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको हो ।

संसदीय दलको कार्यालयका अनुसार समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। 

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन गरेको छ ।