नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०२-२६ ०४:४७ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् । देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्। देशभर निको हुनेको दर ८५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस