सचिवालयले फिर्ता गर्यो सांसदको लोगो
खबर एक्सप्रेस
२०७७-०५-०३ १२:११ मा प्रकाशित
Total Shares: 459
काठमाडौं - सांसदहरुको लागि बनाइएको नयाँ लोगो संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभए भन्दै घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ।
फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई बनाइएको लोगोहरु फिर्ता पठाएको हो ।
सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो। सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो।
फेसबुक पेज Like गर्नुहोस