काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सरकारमा सहभागी हुने तयारीमा रहेको ठाकुर महतो ‍पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ । भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ । हाल नेताहरुबीच छलफल जारी छ । 

८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर महतो पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ । नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि मधेशका माग पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न ठाकुर पक्ष तयार भएको हो ।