काठमाडौं - प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलहरु नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध विरोध जनाएका हुन्।
विरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले काँग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्।
सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' को सीम विाद सम्बन्धी अभिव्यक्तिमा जवाफ चाहिने बताइन् । सुकुम्बासीको व्यवस्था हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।
सांसद कामीले आफ्नो कुरा सकाएपछि सभामुख अगाडि बढ्न खोजे । तर, एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् । उनीहरूले विपक्षी दलहरूको तर्फबाट एक जनाले मात्रै बोल्ने विषय उचित नरहेको बताए ।
त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।

.gif)


