काठमाडौं - मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईविरूद्व नेपालले टस जितेर ब्याटिङ गर्दैछ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा आज बिहान नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
वायुमास ओभलमा हुने खेल अहिले ७ः१५ बजेबाट सरू हुनेछ । नेपालले प्लेइिङ-११ मा आज दुई जना खेलाडी परिवर्तन गरेको छ।
यसअघि, सेमिफाइनल खेलमा प्लेइिङ-११ मा रहेका देव खनाल र शेर मल्लको स्थानमा आज नेपालले सन्दीप जोरा र अर्जुन कुमाललाई मौका दिएको छ। दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।

.gif)



