प्रतिबन्ध हटाए सरकारसँग वार्ताको लागि सकारात्मक छौं : विप्लव समूह
काठमाडौं - सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहले वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्तमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । उनले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको पनि उल्लेख गरेका छन् ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण, जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’
विज्ञप्ति-
फेसबुक पेज Like गर्नुहोस