बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको चौथो रिपोर्ट पनि 'नेगेटिभ', डिस्चार्जको तयारी
काठमाडौं - बागलुङकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६५ वर्षीया महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी संक्रमित महिलामा शनिबार गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनका अनुसार अन्तिम परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको रिपोर्ट नेगेटिभ आएको हो ।
उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही विमानबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।
रिपोर्ट नेगेटिभ आएसँगै महिलालाई डिस्चार्ज गर्ने तयारी भैरहेको डा. पोखरेलले बताए । पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो । “हामी बैठकमा छौँ”, डा. पोखरेलले भने, “सकेसम्म आजै नत्र भोलि घर पठाउने अस्पतालको तयारी छ ।” यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएकाे हाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस