प्रतिनिधिसभाका उपसभामुख रानाविरुद्ध महाभियोग दर्ता हुने
काठमाडौं - प्रतिनिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग दर्ता हुने भएको छ। पद अनुकूलको आचरण नगरेको भन्दै कांग्रेस र नेकपा एमालेले उनीविरुद्ध आज महाभियोग दर्ता गर्न लागेको एमालेका एक सांसदले जानकारी दिए।
उनका अनुसार सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन्। सांसदहरुले यस अगाडि नै उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए। भिजिट भिसा प्रकरणमा राना मुछिएकी रानालाई राजीनामा दिन आग्रह गर्दा समेत नदिएकाले संसद्बाट पारित गरेर बर्खास्त गर्ने सत्तापक्षको तयारी रहेको नेताहरू बताउँछन्।
यस अगाडि नै कांग्रेसले उपसभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न चाहेपनि एमालेले मानेको थिएन। प्रतिनिधिसभा नियमावलीअनुसार संसद्का एक चौथाइ सदस्यले सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ। नियमावलीको नियम २१० अनुसार त्यस्तो प्रस्ताव दर्ता भएको ७ दिनभित्र संसद्मा छलफल गरी निर्णय लिनुपर्ने छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस