काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

केहि दिनअघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएका थिए । त्यसै अभिव्यक्तिप्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन बस्नेतलाई चुनौति दिए । ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ’ उनले भने ।