आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक
खबर एक्सप्रेस
२०७९-०३-२५ ०७:५८ मा प्रकाशित
Total Shares: 400
काठमाडौं - नेपालकाे मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदैछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हाे । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।
सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो। नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस