उद्योगपति वसन्त चौधरीको दुबईमा मुटुको धमनीको उपचार हुँदै
खबर एक्सप्रेस
२०७८-०६-०९ ०३:१३ मा प्रकाशित
Total Shares: 212
काठमाडौं - उद्योगपति वसन्त चौधरीले मुटुमाथि समस्या देखिएकोले थप उपचारका लागि दुबईमा रहेको बताएका छन् ।
चौधरीलाई हृदयघात भएको खबरहरु आएका बेला उनले मुटुको धमनीको उपचार गर्न दुबई गएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 'मुटुमा असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिए,' चौधरीले भनेका छन्, 'नर्भिकमा एफएफआर/आइभुस प्रविधि नभएकोले मुटुको धमनीको थप उपचार गराउन दुबई आउनु परेको हो ।'
चौधरी हाल अस्पतालमा उपचाररत छन् । चौधरीले दुबईको अस्पतालबारे केही खुलाएका छैनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस