विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई ७ दिन हिरासतमा राख्न अनुमति
खबर एक्सप्रेस
२०७६-११-२७ ०७:२३ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - परिक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकाविरुद्ध प्रहरीले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौले शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध थप अनुसन्धान गर्न ७ दिने अनुमति दिएसँगै प्रहरीले अनुसन्धान थालेको हो ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो ।
अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस