बझाङमा एकै घरका तीन जना रूखमा झुन्डिएको अवस्थामा मृत फेला
खबर एक्सप्रेस
२०७९-०४-२५ ०२:५७ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - बझाङको बुङ्गलमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन्। बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्।
रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए। मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन।
मंगलबार राति गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस