२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइनेछ: मोदी
काठमाडौं,एजेन्सी - भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए ।
सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ । त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन र तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन् ।”
भारत महामारीको दोस्रो लहरमा जुधिरहेको कुरा औंल्याउँदै भाइरसको कारण आफ्ना प्रियजनहरूलाई गुमाएका परिवारहरूप्रति उनले सहानुभूति प्रकट गरे ।
खोप उत्पादन गर्ने देशहरु माग गर्ने मुलुकको तुलनामा कम रहेको बताउँदै उनले थपे, “आज, यदि हामीसँग भारत निर्मित खोप नभएको भए भारत जस्तो ठूलो देशमा के हुने थियो होला ? सरकार समयमै संवेदनशिल बन्दा यो समस्याबाट भारतीयले छुटकारा पाएका छन् ।”
“पछिल्ला १०० बर्षमा अहिलेको महामारीेले सबैभन्दा विनाशकारी संकट ल्याएको छ । यस्तो महामारी आजको आधुनिक संसारमा कहिल्यै देखिएको थिएन न त अनुभव नै भएको थियो । हाम्रो देशले विश्वव्यापी महामारीमा विभिन्न तहमा लडाई लडेको छ । कोभिड अस्पताल बनाउनेदेखि लिएर आईसीयू श्यया, भेन्टिलेटर बढाउनेलगायत परीक्षण प्रयोगशालाहरूको ठूलो नेटवर्क सिर्जना भएका छन् । गत एक बर्षमा कोभिड–१९ सँग लड्न देशमा नयाँ स्वास्थ्य सेवाको संरचना निर्माण गरिएको छ,” उनले भने ।
स्वास्थ्य सङ्कटका कारण कतिपय सेवाका अभाव देखिएपनि सरकारको सक्रियताका कारण ठैला क्षति हुनबाट जोगिएको पनि उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस