काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९१८ र एन्टिजेन विधिबाट ९२० जनामा संक्रमण पुष्टि भएको हो । 

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १४७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।