सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशसहित केहि कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएको छ । न्यायाधीश, कर्मचारीमा संक्रमण भएको र उनीहरु होम आईसोलेसनमा बसेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
यससँगै दैनिक १० वटासम्म इजलासमा मुद्दा सुनुवाई हुँदै आएकोमा आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै इजलासको संख्या घटाएको सर्वोच्चको मुद्दा महाशाखाले जनाएको छ ।
‘यस अदालतका माननीय न्यायाधीश ज्यू लगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीश ज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन–सेल्फ–आइसोलेसनमा रहनुभएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’ सर्वोच्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस