जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुगे देउवा
खबर एक्सप्रेस
२०७७-११-२६ ०६:१३ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् ।
फागुन १४ गते मस्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको अहिले भेन्टिलेटरमा उपचार भैरहेको छ ।
बुधबार दिउँसो अस्पताल पुगेका देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै भेन्टिलेटरको सपोर्टमा रहेको विषय जानकारी गराएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस