काठमाडौ - ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा नलेज मेस्ट्रो अनलाइन लाइफ क्वीज एक दिने अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्न लागेको छ ।

प्रतियोगितामा १६– २४ बर्षका युवावर्गले निशुल्क प्रतिस्पर्धा गर्न सक्नेछन । यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको हो ।

फेब्रुअरी १२ मा एकल राउण्डमा सन्चालन हुने प्रतियोगिता २ फरक बिधामा सन्चालन हुनेछ । जस अन्तर्गत आइटी तथा व्यापार एवं पर्यटन र आतिथ्य सम्बन्धी प्रश्न सोधिने र दुबै बिधा प्रतियोगिताका बिजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमश १५,१० र ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।