काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
खबर एक्सप्रेस
२०८२-०६-०८ ०५:१६ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षासँगै यहाँका नदीहरूमा बाढी आएको छ।
बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीमा बाढी आएको हो। बागमती, धोविखोला, बल्खु खोला, विष्णुमतीलगायतका नदीमा बाढी आएको छ।
वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ।
जलवायु परिवर्तनको कारण जलचक्रीय प्रणालीमा आएको असरको कारण पछिल्ला वर्षहरूमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ।
गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस